काठमाडौं। हाल नेपालमा भारतको उत्तर प्रदेशमा अवस्थित न्यूनचापीय क्षेत्र, पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशीका पहाडी र हिमाली भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा वर्षा हुने अनुमान छ।
बिहीबार हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, तराई भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा वर्षा हुने आकलन छ।












