काठमाडौं। आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञाख विभागका अनुसार देशभर बादल लागेको छ भने कतिपय ठाउँमा वर्षा भइरहेको छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यस्तै, कर्णाली केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र लुम्विनी प्रदेको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति कोशीका केही स्थान, मधेश र बागमती प्रदेशका लगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।












