काठमाडौं। नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच हजार चार सय रूपैयाँले घटेको हो।
आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको भाउ पनि एक सय ४० रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला पाँच हजार १० कारोबार भइरहेको छ।












