Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बढ्दो महिला हिंसाप्रति अनेमसंघको चिन्ता, दोषीलाई कडा कारबाही गर्न माग

निर्वाचनमा महिलामाथि हुनसक्ने हिंसा रोक्न विशेष व्यवस्था गर्न अखिल नेपाल महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्या घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघकी अध्यक्ष टुका भद्र हमालद्वारा जारी विज्ञप्तिमा नेपालमा अझै पनि पितृसत्तात्मक सामाजिक संरचना र महिलालाई हेर्ने दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गरिएको छ। विज्ञप्तिमा बालिका, किशोरी, युवतीदेखि ज्येष्ठ नागरिकसम्म घर, विद्यालय, कार्यस्थल र सार्वजनिक स्थान कतै पनि सुरक्षित नरहेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

Subisu

संघले पछिल्ला महिनाहरूमा देशका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनाहरू उल्लेख गर्दै सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु, कैलालीमा श्रीमती हत्या, काठमाडौंमा किशोरीमाथि बलात्कार, दाङमा श्रीमती हत्या लगायतका घटनाले समाजमा असुरक्षाको अवस्था गम्भीर बनेको जनाएको छ।

विज्ञप्तिमा महिलामाथि हुने दुर्व्यवहार, बलात्कार र हत्या पछौटे समाजको द्योतक भएको उल्लेख गर्दै आम नागरिकको सुरक्षामा राज्य कति गम्भीर छ भन्ने प्रश्न उठेको बताइएको छ। संघले दोषीलाई कारबाही गर्नुको सट्टा कतिपय अवस्थामा उन्मुक्ति दिने प्रवृत्तिले न्याय प्रणालीमाथि नै प्रश्न उठाएको टिप्पणी गरेको छ।

संघले सुर्खेतकी किशोरी इनिशा विकको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ। साथै बलात्कार, हत्या तथा महिलामाथि हुने दुर्व्यवहारमा संलग्न र सहयोग गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएको छ।

मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति, सुरक्षा र संरक्षणको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।

अखिल नेपाल महिला संघले यस्ता घटनाको प्रकृतिबारे सूक्ष्म अध्ययन गरी दोहोरिन नदिन विज्ञसहितको अध्ययन समिति गठन गरेर ठोस नीतिगत तथा व्यवहारिक कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

महिला हिंसाका पछिल्ला घटना

फागुन २३, २०८२ – सुर्खेत
गुर्भाकोट नगरपालिका ६ स्थायी घर भएकी, हाल वीरेन्द्रनगर १ मा अस्थायी बसोबास गर्दै उच्च बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया किशोरी इनिशा विक बिहान ट्युसन पढ्न निस्किएकी थिइन्। उनको शव विरेन्द्रनगर ४ स्थित जनजागरण सामुदायिक वन (शहिदपार्क) मा फेला परेको थियो। प्रारम्भिक जानकारी अनुसार सामूहिक बलत्कारका कारण मृत्यु भएको छ।

फागुन २५, २०८२- कैलाली
धनगढीका ३५ वर्षिय शिक्षक डम्बर जोशीले धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती ३० वर्षिया सरस्वती जोशीको हत्या गरेका छन्।

पुस २४, २०८१- काठमाडौं
मच्छेगाउँ ९ मा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। आफ्ना साथीका साथी खगेन्द्र धितालको जन्मदिनमा गएका बेला चार व्यक्तिले बलात्कार गरेको देखिएको छ।

दाङ, तलसीपुर
चित्रबहादुर बुढाथोकीले आफ्नी श्रीमती हस्तीकुमारी बुढाथोकीको हत्या गरेका छन्। श्रीमतीले अरूसँग अनैतिक सम्बन्ध कायम गरेको भन्दै चित्रले राँगा काट्ने दाउमा हत्या गरेको आरोप छ।

मंसीर १४, काठमाडौं
पुरानो बानेश्वर बस्ने १७ वर्षीया किशोरीलाई छिमेकी अनिता अन्सारी र जेन आलमको योजनामा मिठाईमा नशालु पदार्थ मिसाएर बेहोस बनाई भारतको बिहार लगेर जबरजस्तीकरणी गरिएको छ।

मंसीर, दैलेख- वीरेन्द्रनगर
भागेर विवाह गरेका १७ वर्षिय सुरेन्द्र थापा र १९ वर्षिय सुनिता भण्डारी विरेन्द्रनगरको चिसापानीमा मृत फेला परेका छन्।

बझाङ, चैनपुर
मस्टा गाउँपालिका ३, भाटेखोला ढडार घर भएकी १७ वर्षिय अस्मिता धामी मृत अवस्थामा फेला परिन्।

रुकुमपश्चिम, बाफिकोट
१२ वर्षिय उर्मिला ओली र १४ वर्षिय कल्पना ओली भाग्ने नजिकै सानी भेरी नदीमा मृत फेला परेका छन्। संगै गएका सपना ओली बेपत्ता छिन्।

भदौ ३०, खोटाङ
२८ वर्षिय रेस्मिका परियार मार्सी सामुदायिक वनमा सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। उनी अजम्बरी सानाकिसान कृषी सहकारीमा कार्यरत थिइन्।

मानुवाकोट,
जंगलमा भेटिएको कंकाल सम्बन्धी भिडियोमा देखिएका कंकाल ७ महिना अघि हराएकी युवतीकी बहिनीको हुन सक्ने अनुमान गरिएको छ। कंकालसँग बहिनीले लगाएका कपडा र चप्पल पनि भेटिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host