Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

२८ महिला नेतृको जीवनी समेटिएको ‘भूमिगत महिला’ सार्वजनिक

२८ महिला नेतृको जीवनी समेटिएको ‘भूमिगत महिला’ सार्वजनिक

काठमाडौं। पञ्चायती व्यवस्थाका बेला भूमिगत रूपमा दलगत आन्दोलनमा सक्रिय भएर राजनीतिक संघर्षमा होमिएका २८ महिला नेतृहरूको जीवनी समेटिएको पुस्तक ‘भूमिगत महिला’ काठमाडौंमा सार्वजनिक गरिएको छ।

मोतीदेवी स्मृति केन्द्र ले ११६औँं अन्तर्राष्ट्रिय नारी दिवस को अवसर पारेर बिहीबार ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायका योद्धाः भूमिगत महिला’ शीर्षक पुस्तक प्रकाशन गरेको हो। पुस्तकमा राजनीतिक व्यवस्था परिवर्तनका विभिन्न चरणमा महिला नेतृहरूले निर्वाह गरेको भूमिकालाई समेटिएको छ।

Subisu

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहित विभिन्न महिला नेतृहरूले सामूहिक रूपमा पुस्तक विमोचन गरे। पञ्चायतकालमा पार्टी निर्माण र आन्दोलन सञ्चालनका लागि २७५ नेता भूमिगत भएकामध्ये ४९ जना महिला रहेको जानकारी कार्यक्रममा दिइयो।

पुस्तकमा लिला कट्टेल, गौरा प्रसाई, सीता खड्का, शोभा कुँवर, शान्ता मानवी, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, सुशीला श्रेष्ठ, राधा ज्ञवाली, उमा हमाल, छलीकुमारी कुँवर, टिका बस्नेत र टुका हमाललगायतका संघर्षका कथा समेटिएका छन्।

त्यस्तै, देउकला राई, पवित्रा निरौला, लोचना अधिकारी, प्रभा कोइराला, मीरा थामी, मेनका काफ्ले, मेनका पोखरेल, राधा तिमल्सेना, विजय घिमिरे, विष्णु खड्का, सावित्री बस्नेत, सीता गिरी, सीता बस्नेत, सुशीला अधिकारी र सुशीला पौडेलको जीवनी पनि पुस्तकमा समावेश गरिएको छ।

पुस्तक प्रकाशन समूहको संयोजक विन्दा पाण्डे (पिएचडी) हुन् भने सदस्यहरूमा उषाकिरण तिम्सेना, पेम्बा लामा, ममता गिरी, रचना खड्का, विद्या भट्टराई र सम्झना पौडेल रहेका छन्।

पुस्तकमा जीवनी समेटिएका नेतृहरूलाई सम्मानसमेत गरिएको थियो। साथै, प्रेरणादायी महिलाहरूको जीवनमा आधारित वृत्तचित्र पनि सार्वजनिक गरिएको कार्यक्रम आयोजकले जनाएको छ।

पूर्वराष्ट्रपति भण्डारीले प्रेरणादायी महिलालाई सम्मान गर्दै उनीहरूको जीवनयात्रामा आधारित वृत्तचित्र सार्वजनिक गरिनु सकारात्मक पहल भएको बताइन्। ‘लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापनाका लागि आफ्नो अमूल्य जीवन देश र जनताका लागि समर्पित गर्ने महिलाहरूको संघर्ष र योगदानलाई समेटेर प्रकाशन गर्नु सराहनीय कार्य हो। यस्तो पहलले भावी पुस्तालाई प्रेरणा दिनेछ,’ उनले भनिन्।

उनले परिवार, समाज र राज्यका अनेक बन्धन चिर्दै भूमिगत राजनीतिमा होमिनु सहज नभएको उल्लेख गर्दै महिलाहरूले साहस, समर्पण र दृढ विश्वासका साथ इतिहास निर्माण गरेको बताइन्। ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूले पुर्‍याएको योगदानकै जगमा आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको छ,’ उनले भनिन्।

सम्पादन संयोजक पाण्डेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका दिनहरू सम्झिँदै महिलाहरू अग्रपंक्तिमा रहने र प्रहरीको पहिलो प्रहार पनि उनीहरूले नै सहनुपर्ने अवस्था रहेको बताइन्। ‘आन्दोलनमा जाँदा महिलाले विभिन्न लाञ्छना र अप्ठ्यारा बेहोर्नुपर्थ्यो,’ उनले भनिन्।

नेकपा नेतृ पम्फा भुसालले विभिन्न कालखण्डका संघर्षबाट नेपालमा राजनीतिक उपलब्धि हासिल भएको उल्लेख गरिन्। ‘पञ्चायत अन्त्य भएर बहुदल आए पनि नेपाली महिलाले समान अधिकार पाएनन्। त्यसपछि २०५२ सालमा गणतन्त्रका लागि सशस्त्र जनयुद्ध सुरु भयो,’ उनले भनिन्।

मोतीदेवी स्मृति केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्ययन, अनुसन्धान र महिला जागरणका क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। ‘महिला विभिन्न राजनीतिक दलमा भए पनि देशको समृद्धि, सुशासन र न्यायका लागि एकताबद्ध हुन आवश्यक छ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host