Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कांग्रेस सभापति थापाको घोषणाः ३० किमिमा दशगजा उज्यालो अभियान

कांग्रेस सभापति थापाको घोषणाः ३० किमिमा दशगजा उज्यालो अभियान

सर्लाही। कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन्।

थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन्। उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

Subisu

उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन्। विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन्।

स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विभिन्न नौ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। थापाले ‘कापी कलम अभियान’ अन्तर्गत गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने, मातृभाषामा शिक्षा सुनिश्चित गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना प्रस्तुत गरेका छन्। साथै छोरीहरूको शिक्षालाई प्रोत्साहन गर्न ‘सबल छोरी अभियान’ सञ्चालन गरिने उनले बताएका छन्।

‘स्वस्थ नागरिक अभियान’ अन्तर्गत स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार, प्रत्येक स्थानीय तहमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, सर्पदंश तथा कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक सेवा, कुपोषण न्यूनीकरण कार्यक्रम र लागुऔषध विरुद्ध अभियान सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन्। साथै आधुनिक उपकरणसहित मधेश मृगौला उपचार केन्द्र स्थापना गर्ने लक्ष्य पनि उनले उल्लेख गरेका छन्।

‘कृषि उत्थान, किसान गौरव अभियान’ अन्तर्गत उखु बक्यौता भुक्तानी, मल र बिउको सहज उपलब्धता, शीत भण्डार निर्माण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने र कृषि उद्यमका लागि सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको थापाले बताएका छन्। उनले सर्लाहीमा आपतकालीन मल भण्डार स्थापना र मल कारखाना मधेशमा ल्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

बाढी र डुबान समस्या समाधानका लागि बागमती नदी क्षेत्रमा तटबन्ध निर्माण, मनुस्मरा नहर बाँध मर्मत, अर्ली वार्निङ प्रणाली, वृक्षारोपण र पानी संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना उनले अघि सारेका छन्। चुरे संरक्षण अभियान सञ्चालन गर्ने पनि उनले बताएका छन्।

‘मिसन रोजगारी अभियान’ अन्तर्गत सीप विकास तालिम, रोजगार सूचना केन्द्र स्थापना, युवा उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारमा जाने युवालाई सहजीकरण तथा विदेशबाट फर्केका युवालाई उद्यममा जोड्ने कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्।

भारतसँग जोडिएको करिब ३० किलोमिटर सीमा क्षेत्रमा “दशगजा उज्यालो अभियान” सञ्चालन गरिने थापाले बताएका छन्। यसअन्तर्गत सीमा क्षेत्रमा हाईमास्ट सौर्य बत्ती जडान, छोटी भन्सार व्यवस्थित गर्ने तथा सीमावर्ती गाउँमा विशेष विकास कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।

महिलाका लागि सहुलियत कर्जा, घरेलु हिंसा र बालविवाह विरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा र रोजगारी कार्यक्रम तथा स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षणका कार्यक्रम पनि प्रतिज्ञा पत्रमा समेटेका छन्।

सभापति थापाले नागरिकका समस्या प्रत्यक्ष सुन्न र समाधान गर्न क्षेत्रमै ‘जनता दलान’नामक सांसद कार्यालय स्थापना गर्ने बताएका छन् । उनले सुशासन र समुन्नतिका लागि आफूलाई समर्थन गर्न मतदातासँग आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host