कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने बताएका छन्।
बुधबारमा पोखरामा आयोजित रास्वपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि मुलुकले सक्षम नेतृत्व पाउने बताएका हुन्। त्यसका लागि रास्वपाले प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेको उनको भनाइ थियो।












