रामेछापमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु तथा ८ जना घाइतेभएका छन् ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । ७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।












