काठमाडौ । रौतहटमा चार वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु गराएको अभियोगमा पक्राउ परेका चालकविरुद्ध प्रहरीले सवारी ज्यानु मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको छ। जिल्ला अदालत रौतहटले शुक्रबार चालक शेख मुस्ताखलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
परोहा नगरपालिका ३ का २७ वर्षीय मुस्ताखले चलाएको बा १५ च ४२४४ नम्बरको कारले बिहीबार दिउँसो इशनाथ नगरपालिका–३ मा स्थानीय अल्फा खातुनलाई किचेको थियो । चुनावी प्रचारका लागि तँछाडमछाड गर्दै दौडिरहेको उक्त गाडीको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।












