काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आकर्षण देखिएको छ । आज माघ ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बिक्री गरेकोमा एक घण्टामै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले माग भन्दा बढि आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले २ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको छ। यस समूहका आवेदकहरूले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि माघ ९ गतेसम्म मात्र खुला रहनेछ।
कम्पनीले बाग्लुङ जिल्लामा सञ्चालन भइरहेको जलविद्युत आयोजनासँग प्रत्यक्ष सम्बन्धित स्थानीय समुदायका लागि ९ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ। बडिगाड गाउँपालिका (वडा नं. १–१०) का बासिन्दा र ढोरपाटन नगरपालिका वडा नं. २ का प्रसारण लाइन प्रभावित स्थानीयहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा माघ २० गतेसम्म खुला रहनेछ।












