Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा, २१.०५ प्रतिशत लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा, २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा पुस १९ गते शनिबार सम्पन्न भएको छ। सभा सञ्चालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा आयोजना गरिएको हो।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ।

Subisu

सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको वार्षिक कार्यप्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

त्यसैगरी संस्थापक शेयरधनी (समूह ‘क’) को तर्फबाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन्।

साधारणसभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचना अनुसार जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, दशमलवपछिको अंश शेयरधनीको खातामा यथावत् राखी पछि समायोजन गर्ने निर्णय गरेको छ। साथै समयानुकूल आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष संघईले चुनौतीपूर्ण परिस्थितिका बीच पनि कम्पनीको व्यवसायिक हैसियत थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले संरचनात्मक सुधार, सुशासनको पूर्ण पालना, आधुनिक प्रविधिको प्रयोग, ग्राहक केन्द्रित सेवा, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा नयाँ बजारीकरण रणनीतिमार्फत कम्पनीलाई अर्को उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए।

कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्ड अनुरूप सेवा विस्तार गर्दै डिजिटल रूपान्तरणतर्फ कदम चालेको जानकारी दिँदै अध्यक्ष संघईले लर्निङ म्यानेजमेन्ट सिस्टम, अटोमेसन र प्रविधिमैत्री सेवाबाट कार्यक्षमता बढाइने बताए।

सञ्चालक कमलेश कुमार अग्रवालले वर्तमान आर्थिक अवस्थाले बीमा क्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राखे। उनले आर्थिक स्थायित्व राष्ट्रको समग्र स्थायित्वको आधार भएको बताए।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद कम्पनीले उपलब्धि हासिल गर्न सफल भएकोमा सरोकारवालाप्रति आभार व्यक्त गरे। लगानी विविधीकरणलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढिरहेको र सभाबाट प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने उनले बताए।

कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा जीवन बीमा कोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। हालसम्म कम्पनीले ३२६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने १०३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host