काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २ हजार ९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।












