काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा अडिएको हो। यसदिन ३३६ स्क्रिप्सको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० रुपैयाँमा खरिदबिक्री भए।
एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६३ वटा स्टक्सको मूल्य बढ्दा १८९ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो।












