काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन् ।
उनलाई पुस १३ गते बसेको सञ्चालक समिति बैठकले नियुक्त गर्ने निर्णय गरेको हो। उक्त पद रिक्त रहँदै आएको थियो।
साथै, रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनी छनबहादुर भट्टचनलाई बाँकी कार्यकालका नियुक्त गर्ने निर्णय गरिएको छ।












