काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० मा कारोबार भएको थियो ।












