काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूले पुस १८, १९ र २० गते बुक क्लोज गर्ने भएका छन् ।
यसअनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सम्बन्धित कम्पनीहरूको प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, कालिका पावर, अपि पावर, अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरबी, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, हिमालयन लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मेरो माइक्रोफाइनान्स रहेका छन् ।
कुन कम्पनीको लाभांश कति ?
नेपाल टेलिकम
कम्पनीले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स
आर्थिक वर्ष २०८१/८२ का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
कालिका पावर
आव २०८१/८२ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
अपि पावर
कम्पनीले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
अरुण भ्याली हाइड्रोपावर
५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
युनाइटेड इदीमार्दी एण्ड आरबी
चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
स्वरोजगार लघुवित्त
चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
समता घरेलु लघुवित्त
५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।
ग्लोबल आईएमई लघुवित्त
४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
हिमालयन लघुवित्त
६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
चुक्तापूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने घोषणा गरेको छ ।
मेरो माइक्रोफाइनान्स
४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।












