काठमाडौं । मंगलबार सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार अवसरमा देशभर बिदा हुने भएको हो । तमु ल्होसार तमु गुरुङ्ग समुदायको महान चाड हो।
यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ।












