काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ८ प्रतिशतले हुन आउने ५ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो।
यो कम्पनीले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गरेको बोनस शेयर हो। कम्पनीको गत कार्तिक २१ गते सम्पन्न साधारणसभाले बोनस शेयर पारित गरेको थियो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।












