काठमाडौं । गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त सरुवा गरेको हो।
सरुवा अनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ ।













