काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। संस्थागत लगानीकर्ताको बोलकबोलबाट तय भएको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि मूल्य तय गरिएको हो। इच्छुक लगानीकर्ताले मेरो सेयर अनलाइन वा सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।












