काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त आवको मुनाफाबाट प्रतिसेयर ३० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।












