काठमाडौं । बैंक, लघुवित्त तथा बीमा कम्पनीहरूले पुस ३० गते वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेका छन्। लाभांश पारितदेखि वित्तीय विवरण अनुमोदनसम्मका प्रस्ताव सभामा पेश हुनेछन्।
कालिका लघुवित्त वित्तीय संस्था
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा पुस ३० गते पोखरास्थित होटल टास्क इन्टरनेशनलमा बिहान ९ बजे सुरु हुनेछ।
सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। संस्थाले पुस २१ गते बुक क्लोज गरेको छ भने पुस २० गतेसम्म सेयर किन्ने सेयरधनी सभामा सहभागी हुन योग्य हुनेछन्।
निर्धन उत्थान लघुवित्त
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौैंको नक्सालस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।
सभामा ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद (करसहित) गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। संस्थाले पुस १७ गते बुक क्लोज गरेको छ।
ग्रीन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३औँ वार्षिक साधारण सभा पुस ३० गते पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा बिहान ९ बजे आयोजना हुनेछ।
सभामा ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश गरी कुल ८.४६२७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। पुस १७ गते बैंकले बुक क्लोज गरेको छ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौैंको गैह्रिधारास्थित ओक ब्याङक्वेट एण्ड इभेन्ट्समा आयोजना हुनेछ। सभामा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। कम्पनीले पुस २२ गते बुक क्लोज गरेको छ।












