काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका छन्। बैंकका अनुसार, पुष ६ गते बसेको ७४२औं सञ्चालक समिति बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको छ।
यसअघि असोज १ गते बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पनि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। सोपछि बैंकको सीईओको जिम्मेवारी सुजित कुमार शाक्यले सम्हालेका छन्।
बैंकका अधिकारीहरूले नयाँ नेतृत्वका साथ बैंकको व्यवस्थापन नियमित रुपमा अघि बढिरहेको जानकारी दिएका छन्।













