काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अंक घटेको छ। योसँगै परिसूचक २६१५ अंकमा झरेको छ।
सेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन चार अर्ब ५ करोडको कारोबार भएकोमा आज चार अर्ब ५७ करोडको सेयर कारोबार भएको हो।
आज ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो। यसैगरी २ कम्पनीको मूल्य स्थिर रह्यो। आज दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। जसमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्।












