काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९ को बिन्दुमा कायम भएको छ। आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ।
दिनभरि ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ, जसको कारोबार रकम १९ करोड ८२ लाख रुपैयाँ रहेको छ। लुम्बिनी विकास बैंकको १० करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
लगानीकर्ताले सबैभन्दा धेरै लाभ स्वस्तिक लघुवित्तमा कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत लाभ उठाएका छन्। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत, एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशत र बराही हाइड्रोका लगानीकर्ताले ७ प्रतिशत लाभ कमाएका छन्।
विपरीत, सबैभन्दा बढी क्षति श्वेत गंगा हाइड्रोका लगानीकर्ताले व्यहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशत घाटा भोग्नु परेको छ।












