मोरङ । मोरङको लेटाङ नगरपालिका–२ की १२ कक्षामा अध्ययनरत किशोरीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। असोज २१ गते घरबाट बाहिर निस्किएपछि हराइरहेको भनिएकी किशोरी कार्तिक ७ गते लेटाङ–२ स्थित वेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी थिइन्।
वन क्षेत्रका झाडीभित्र भेटिएका मानव अवशेषसँगै कपडा, चप्पल र घडी जस्ता वस्तुको आधारमा परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ। घटना उच्च संवेदनशील रहेको भन्दै प्रहरीले विस्तृत अनुसन्धान थालेको छ।
घटनाकाे अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले शंकास्पद व्यक्तिहरूको सूक्ष्म जानकारी सङ्कलन, प्राविधिक विश्लेषण र तथ्य प्रमाणको आधारमा पदम बहादुर अधिकारीलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति
-
नाम: पदम बहादुर अधिकारी
-
उमेर: ५८ वर्ष
-
ठेगाना: लेटाङ नगरपालिका–२, फडानी
-
पक्राउ मिति: २०८२ मंसिर १९
-
भूमिका: प्रहरीले उनलाई प्रलोभन देखाई वन क्षेत्रमा लगेर हत्या गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित कानुनी कारबाही ‘ज्यान सम्बन्धी कसुर’ शीर्षकमा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।












