Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

एनपीएल : विराटनगरले निकाल्यो चौथो जित

एनपीएल : विराटनगरले निकाल्यो चौथो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १६ औँ खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै विराटनगर किंग्सले जारी प्रतियोगितामा चौथो जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १६३ रनसहित लक्ष्य पूरा गर्‍यो। १९.५ ओभरमा वसिर अहमदको छक्काले विराटनगरको जित सुनिश्चित गर्‍यो। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा वसिरले म्याच जिताउने प्रदर्शन गरे।

Subisu

विराटनगरका लागि वसिर अहमदले सर्वाधिक ६२ रनको अर्धशतकीय पारीसहित अविजित रहे । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। विराटनगरका लागि पहिलो विकेट जर्ज मुन्से डकआउट भए। अर्का ओपनर लोकेश बमले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

तेस्रो विकेट साम हेज्जलेटको विकेट गयो। उनले १३ बलमा ३ चौकासहित १६ रन बनाए। पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको हो। चौथो विकेटका रूपमा साहिल पटेलको विकेट गयो। उनले १९ रन बनाए। पाँचौँ विकेट मर्चान्ट डी लाङ्गे २ रनमा पेभेलियन फर्किए। छैटौं विकेटको रूपमा नारायण जोशीको विकेट गयो। उनले १६ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए। छैटौं विकेटका लागि वसिर अहमद र नारायण जोशीको ६९ रनको साझेदारीले विराटनगरको लागि जितको नजिक पुर्‍याएका हुन्।

सातौं विकेट प्रतिश जिसी ६ रनमा पेभेलियन फर्किए। कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे।

कर्णालीका लागि बलिङ तर्फ सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिए। पवन सर्राफ, नन्दन यादव र विलियम वासिस्टोले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ६३ रन बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै रन आउटको रूपमा पेभेलियन फर्किए। पञ्चालले दोस्रो विकेटको लागि विलियम वसिस्टोसँग ९६ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटको रूपमा मार्क वाट ६ रनमा क्याच भए। दोस्रो विकेट प्रियांक पञ्चालको गएको थियो। तेस्रो विकेट गुल्सन झाको गयो। उनले १० बलमा २ चौका र १ छक्कासहित २० रन बनाउँदै सन्दीप लामीछानेको बलमा एलबीडब्ल्यू आउट भए।

विलियम वासिस्टो ४८ र नाजिबुल्लाह जद्रान १२ रनमा अविजित रहे। विराटनगर किंग्सका लागि मर्चान्ट डी लाङ्गे र सन्दीप लामीछानेले १–१ विकेट लिए।

कर्णाली याक्सले अघिल्लो ३ खेलमा कर्णालीले २ हार र १ जित निकालेको छ। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले जित निकालेको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। विराटनगर किंग्सले अघिल्लो ४ खेलमा ३ जित र १ हार बेहोरेको छ। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले जितेको थियो । दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र जनकपुर बोल्ट्सलाइए ९ रनले जितेको थियो। चौथो खेलमा भने विराटनगर चितवन राइनोजसँग ४८ रनको हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host