Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

पोखरामा भाइटीका महोत्सव : १५ देशका पर्यटक सहभागी

पोखरामा भाइटीका महोत्सव : १५ देशका पर्यटक सहभागी

पोखरा । पोखरामा यस वर्षको भाइटीका महोत्सव विदेशी पर्यटकहरूको उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवमा एक सयभन्दा बढी विदेशी पर्यटकले सहभागिता जनाएका छन्।

पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अमेरिकालगायत बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्युजिल्यान्ड, नेदरल्यान्डलगायत १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका थिए। सुवेदीले महोत्सवले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्धनमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।

Subisu

उनका अनुसार संघले नेपालको संस्कृति र परम्परालाई विश्व समुदायमा चिनाउन विविध महोत्सव आयोजना गर्दै आएको छ। “यस पटकको भाइटीका महोत्सव पर्यटकहरूको उत्साहजनक सहभागिताका कारण विशेष र अविस्मरणीय बनेको छ,” सुवेदीले बताए।

महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकहरूलाई टीका लगाइदिएका थिए भने सहभागीलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहारस्वरूप प्रदान गरिएको थियो। साथै, पर्यटकहरूले सेलरोटी, आँपको अचार, तरकारी र मिठाई जस्ता नेपाली परिकारहरू स्वाद लिँदै देउसी–भैलोमा रमाएका थिए।

अष्ट्रेलियाकी पर्यटक एनीले आफू धेरैपटक नेपाल आइसकेको बताउँदै यस पटक पहिलोपटक भाइटीका लगाउने अवसर पाएकोमा हर्ष व्यक्त गरिन्। उनले भनिन्, “नेपालको संस्कृति साँच्चिकै समृद्ध र हृदयस्पर्शी छ। नेपालीको आत्मीय आतिथ्यले सधैं मलाई प्रभावित बनाउँछ।”

कार्यक्रमका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले महोत्सव भव्य र सफल रूपमा सम्पन्न भएको बताए। उनका अनुसार महोत्सवमा सहभागी पर्यटकहरूलाई तिहारको महत्व, पाँचै दिनका पर्व—काग, कुकुर, गाई, गोवर्धन र भाइटीकाको सांस्कृतिक पृष्ठभूमि बारे विस्तृत जानकारी दिइएको थियो।

संघले हालैका वर्षहरूमा देशको आर्थिक र राजनीतिक अवस्थाले पर्यटन क्षेत्र प्रभावित भएको भन्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटन पुनरुत्थानमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

महोत्सवले “संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन” भन्ने नारालाई साकार गर्दै पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने आयोजकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host