काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। राजधानीको एभरेष्ट होटलमा आज आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले आगामी दिनमा नयाँ दल मार्फत अघि बढ्ने योजना सार्वजनिक गरेका हुन्।
ढुंगानाले स्पष्ट पार्दै भने, ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ केवल निर्वाचनमा जानु मात्र होइन। हुलमुल भएर देश विकास हुन सक्दैन। आधिकारिक हुनका लागि या त मैले एनजीओ खोल्नुपर्थ्यो, या त राजनीतिक दल, नत्र हुलमुलमै सीमित हुन्छ।’
उनले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दालाई दलको मुख्य प्राथमिकता (बटमलाइन) भएको समेत उल्लेख गरे। ढुंगानाका अनुसार, ‘बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं। यससँगै विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने व्यवस्था हुनैपर्छ।’
ढुंगानाले जेनजी समुदायलाई एक ठाउँमा भेला भएर सक्रिय हुन आह्वान गर्दै भने कि नयाँ राजनीतिक दलमार्फत समाज र देशको विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।












