काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
आज भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्तुत गरेका हुन्।
एमाले स्रोतका अनुसार, बैठकले महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लगाउने तयारी गरिरहेको छ।












