काठमाडौं । लामो विवादपछि जनमत पार्टी औपचारिक रूपमा विभाजनको बाटोमा लागेको छ। उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि विभाजनको प्रयास सुरु भएको थियो।
साहको नेतृत्वमा असन्तुष्ट समूहले जनस्वराज पार्टी नाममा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। उनले पार्टीका करिब ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको दाबी गरेका छन्।
पार्टीभित्र संघीय सरकारमा मन्त्री र मधेशमा मुख्यमन्त्री हेरफेरबारे असन्तुष्टि बढेको बताइन्छ। सांसद सतिशकुमार सिंहलगायतका नेताहरू पनि अध्यक्ष सीके राउतप्रति असन्तुष्ट छन्।
यसअघि महामन्त्री चन्दन सिंह र साहबीच आर्थिक अनियमितता र आरोप–प्रत्यारोपका कारण विवाद चर्किएको थियो।












