काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर २५ असोजमा बुझाउने तयारी भएको छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस्तो जानकारी दिएका हुन् । ‘साथीहरूले भन्नुभएको छ केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा एक दिन अगाडि २५ असोजमा नै हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौं,’ शर्माले भने ।
‘सँगसँगै उभिन चाहनुहुन्छ भने साइत के का लागि हेर्नुहुन्छ ?’ महामन्त्री शर्माको प्रश्न छ ।
२६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिनलाई शर्माले जवाफ दिएका छन्, ‘लगनपछिको पोते के काम !’
विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ ।












