काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश पूर्णरूपमा मनसुनमुक्त भएको विभागको भनाइ छ।
विभागका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट पनि मनसुन बाहिरिएको छ। मनसुनी वायु क्रमशः कमजोर हुँदै गएको विभागले जनाएको छ। यसै कारण केही दिनभित्रै देशका बाँकी भूभागबाट पनि मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
यस वर्षको मनसुन सामान्यतया असारको दोस्रो सातादेखि सुरु भई असोजको सुरुतिर क्रमशः समाप्त हुने गर्दछ। मनसुन अन्त्यसँगै चिसो मौसमको सुरुआत हुने गर्दछ।












