काठमाडौं । चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।
नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादरअनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन्।
हेर्नुहोस् हवाई भाडादरको सूची:
काठमाडौँ–विराटनगर : ९ हजार ७८५ रुपैयाँ
काठमाडौँ–भरतपुर : ४ हजार ६४३ रुपैयाँ
काठमाडौँ–भद्रपुर : १२ हजार ११२ रुपैयाँ
काठमाडौँ–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ
काठमाडौँ–पोखरा : ६ हजार ६३५ रुपैयाँ
काठमाडौँ–नेपालगन्ज : १३ हजार १०३ रुपैयाँ
काठमाडौँ–धनगढी : १७ हजार ५७९ रुपैयाँ
काठमाडौँ–सिमरा : ३ हजार ९७८ रुपैयाँ
काठमाडौँ–भैरहवा : ८ हजार ४६१ रुपैयाँ
काठमाडौँ–राजविराज ८ हजार २१० रुपैयाँ
काठमाडौँ–सुर्खेत : ९ हजार ३० रुपैयाँ
काठमाडौँ–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ













