काठमाडौं । दसैंको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। निगमले सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज बिक्री–वितरण सुनिश्चित गर्न स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो र कार्यालय सञ्चालन गर्ने जनाएको छ।
निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालयका साथै धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन्।
निगमले दसैंका दिन सवारी साधनको प्रयोग बढ्ने भएकाले इन्धन खपत पनि उच्च हुने भएकाले उपयुक्त व्यवस्थासहित डिपो सञ्चालन गर्ने जनाएको छ।












