काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।
केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय र कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
उनले भने, “अब पुरानै ढंगले काम चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ। संगठनात्मक मात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ।”
बैठकमा उनले नेताहरूलाई खानपान, लवाइ–खवाइ र जनमानससँगको सम्बन्ध सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन दिएका छन्।












