काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । मन्त्री खरेलले शुक्रबार टिचिङ अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका हुन् ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरु टिचिङ लगायतका हस्पिटलमा उपचार गराइरहेका छन् । आन्दोलनमा ७५ जनाको मृत्यु भएको थियो धेरै घाइते भएका थिए ।












