काठमाडौं । पूँजीबजार सुधार आयोगले पूँजीबजारको सुधारका सुझावहरु समेटेर अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । आयोगका संयोजक रुपेश केसीले दिएको जानकारी अनुसार उक्त प्रतिवेदनअर्थमन्त्री समक्ष बुझाइएको हो ।
केसीका अनुसार उक्त प्रतिवेदन शुक्रबारसम्म मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ । गत शुक्रवार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका थिए ।












