काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार अध्यक्ष पद छाड्ने निर्णय गरेका छन्। काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा उनले अध्यक्ष पद त्याग्ने प्रस्ताव राखेका हुन्।
पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार डा.भट्टराईले पद त्यागसँगै फागुनमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि पेश गरेका छन्।
उपाध्यक्ष दुर्गा शोवको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी भइरहेको छ। पार्टीका एक नेताका अनुसार, डा. भट्टराईले वैकल्पिक शक्तिहरूसँग छलफलमा लाग्ने उद्देश्यका लागि पद त्याग गरेको हो।
यसै सन्दर्भमा पार्टीले भोलि (बिहीबार) पत्रकार सम्मेलनमार्फत थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।












