काठमाडौं । जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।
यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन्।
प्रदर्शनको पहिलो दिन १९ जना जेन-जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो।












