Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

घरबारविहीन भएँ : महेश बस्नेत

कार्यसम्पादन नै कमजोर भएपछि शिक्षामन्त्रीले राजीनामा दिनुभयो : महेश बस्नेत

काठमाडौं । एमाले नेता महेश बस्नेतले आफ्नो घर तोडफोड र आगजनी भएपछि भावुक स्टाटर लेखेका छन्। उनले आफू घरबारविहीन भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्-

Subisu

छोराछोरी, परिवार र आफन्तहरूले मलाई एक शब्द पनि नबोल्न भने। भन्छन् “ बोल्यौ भने भेटे भने हत्या गर्छन।”

म जीवनमा कहिल्यै मृत्युको भयबाट डराइन। हिजो दिनभरि र रातभरि शरणार्थी जीवन बिताएउ। तर मौन बस्न सकिनँ ।

हाम्रो घर मात्र जलाइएको भए नलेखौ भन्ने मै थिय। तर संसद भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अल्ह्तियारको भवन , प्रहरी प्रशासनका भवनहरू, निजी होटलहरू जले, भाटभटेनी, बैंकहरू लुटिए। पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भयो।

तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिए ।

७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो। म कठोर समयको सजाय भोग्दैछु ।

देशलाई जीवन समर्पण गरेको अपराधका लागि। भक्तपुरको विकासका लागि अकल्पनीय योगदान गरेको अपराधका लागि , दिनरात घरघर पुगेको, जनताको सुखदुःख आफ्नै मानेर समाधान गर्न खोजेको मान्छे म आज घरबारविहीन बनेको छु।

भूकम्पको बेला २८०० घरबारविहीनलाई राहत र पुनर्स्थापनाको अभियान चलाउँदा अस्थायी घर बनाएर वितरण गर्दा उनीहरूको भक्कानेको पीडा सुन्दै आँसु पुछेको थिएँ। आज आफ्नै आँसु देखाउन सक्दिन्। जिम्मेवारी रुनपनि अनुमति दिँदैन।

नाकाबन्दीको पीडामा कोभिडको लकडाउनमा हजारौं भोकाहरुलाई भोकाहरुलाई खाना खुवाएर उनीहरुको घर सम्मको जाने व्यवस्था गरेर उनीहरुको पीडामा मलम लगाएको थिए। तर म आज आफु पीडामा छु भन्न पनि नमिल्ने ठाँउमा छु । परिस्थितिको यो कस्तो बाध्यता हो ?

हामी धेर थोर पुर्खौली सम्पत्तिका कारण सुकुम्बासी त भएका छैनौ, तर आज घरबारविहीन भएका छौँ। आमाबुबाले खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई। घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ।

मैले सांसद या मन्त्रीको कुनै जिम्मेवारी पाउनुभन्दा अगाडि १४ वर्ष पहिले बुवाले जागिरे हुँदा कमाएक सम्पुर्ण पसिनाको पैसाले बनेको त्यो घर आज धुलोमा परिणत भयो।उपत्यकाका मान्छेहरू हामी कोठाभाडामा खासै बस्दैनौँ। तर अब लामो समय हामी घरबारविहीन भएर भाडामा बस्दैछौँ।

अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन।राजनैतिक यात्रा , छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु।तर यो सहयोगको याचना होइन।

भ्रष्टाचार , अपराध , राष्ट्रघात नगरी, केवल जनताको पक्षमा बोलेको सजाय स्वरूप मेरो घर जलाईएको र घरबार विहीन बनाइएको पिडा हो।
म निरह्य भएको प्रहरी प्रशासनप्रति र मनमा असंख्य माया भएर पनि सम्झाउन र फर्काउन नसकेको मेरो टोलछिमेकप्रति मेरो माया र सद्भाव अटल छ। म विचलित छैन।

राजनीति रहने कि नरहने त्यो अर्को पाटो हो। तर म सधैं जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। आज घरबार गुमाए पनि, दुःख पीडा छिपाएर पनि तपाईंहरूको सेवामा उभिनेछु। जसरी चुनाव जित्दा वा हार्दा पनि म तपाईंहरूको सेवामा थिएँ, आज पनि त्यही प्रतिबद्धता दोहोर्याउँछु।

यो आन्दोलनमा मृत्यु भएका र घाइते भएका परिवारलाई त्यो अवसर प्राप्त भयो भने सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गर्दछु।
मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने Gen Z को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो। धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ।

अझै पनि अपराधीहरू लुटपाट गरिरहेका छन्।देशलाई माओवादी युद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, कोभिडले थिलोथिलो पारे पनि हामी फेरि आर्थिक सुधार र विकासतर्फ अघि बढ्दै थियौँ।

तर आजको यो घटनाले फेरि देशलाई १०–१२ वर्ष पछाडि धकेलेको छ।अब जिम्मेवारी तपाईं आन्दोलनकारीहरूको हातमा छ।देशलाई बर्बादीतिर लैजानुहोस् वा बचाउनुहोस। निर्णय तपाईंको हो।

हामीमाथि शंका छ भने अनुसन्धान गर्नुहोस्। दोषी ठहरिए सजाय भोग्ने छौ । तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?

मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून्। यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस्।

आज हाम्रो परिवारसँग एक जोर कपडा र हजार रुपैयाँ रकम पनि साथमा छैन।तर मेरो विश्वास अझै बाँकी छ।

विभेद रहित भ्रष्टाचारमुक्त समाज, राज्य पुनःसंरचना गर्ने, नयाँ नेतृत्व ल्याउने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहले कब्जा गर्न नदिऊ।देशका लागि मेरो हार्दिक शुभकामना।

मेरो घर खरानी भयो, तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन। देशको विकास र जनताको सेवामा सधैँ खरानी भएर खट्न तयार छु।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host