काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको नेपाल स्टक बजार बिहीबार ३८.१० अंक घटेर २७८१ मा बन्द भएको छ। बजार सुरुमा केही उतारचढाव देखिए पनि साढे १ बजेसम्म २८०० अंकमाथि कायम रहेको बजार त्यसपछि घट्दै गएको हो।
बजार घट्दा पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ।












