काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारभन्दा अर्को स्थिर र शक्तिशाली सरकार २०८४ सम्म बन्न नसक्ने दाबी गरेका छन्।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकारलाई शक्तिशाली ठहर गर्दै आगामी निर्वाचनसम्म यसको विकल्प नहुने बताएका हुन्।
उनले भने, “कांग्रेस–एमाले दुई वटा दलको शक्तिशाली सरकार छ। अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन। २०८४ सम्म अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न। स्थिर शक्तिशाली सरकार यही हो।”
साथै, उनले चालु आर्थिक वर्षको बजेट योजना बैंकबाहिर रहेर ल्याइएको दाबी गर्दै हालको सरकार आवश्यक प्राथमिकता अनुसार काम गरिरहेको उल्लेख गरे।












