काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गर्दै साझा दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेसी भोलि तोकिएको छ।












