काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भई बालुवाटारमा आराम गरिरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका थिए। सोही कारण उनले संसदमा तय भएको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउन सकेनन्।
आज (बिहीबार) पनि प्रधानमन्त्रीले सबै औपचारिक कार्यक्रम स्थगित गरी निवासमै विश्राम गरिरहेको सचिवालयले जनाएको छ।












