काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले निजी विद्यालयलाई पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने प्रावधानलाई ‘खुट्टा कमाउने कुरा’ नभएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले करोडौं रुपैयाँ चन्दा दिन सक्ने निजी क्षेत्रले केही विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्नु अनुचित नहुने धारणा राखे।
उनले अहिले प्रस्तुत विद्यालय शिक्षा विधेयक २०८० लाई प्रगतिशील भनेका छन्। “यसमा कोकोहोला गर्नुपर्ने अवस्था छैन,” सांसद लिम्बूले भने।
सरकारले निजी विद्यालयको ‘घाँटी समात्ने’ गरी विधेयक अघि बढाएको आरोप असत्य भएको पनि उनले बताए। नेताहरू एउटै निर्णयमा अडिग रहन नसक्दा समस्या उत्पन्न हुने उनको भनाइ छ।












