काठमाडौं । गायिका चाँदनी शाक्यको आवाजमा रहेको नयाँ तिज गीत ‘ तिज आयो’सार्वजनिक भएको छ । गीतमा सी.डब्ल्यू प्रोजेक्ट र चाँदनी शाक्यको प्रस्तुति रहेको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएकी गायिका शाक्यकै स्वर रहेको छ ।
गीतको म्युजिक भिडियो काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा नेपाली मनोरञ्जन उद्योगका प्रमुख मोडल अञ्जली अधिकारी र चर्चित टिकटक स्टार उषा उप्रेतीको दमदार अभिनय देख्न सकिन्छ ।
गायिका शाक्यले पनि मोडलहरूसँगै नाचेर गीतलाई अझ रमाइलो बनाएकी छिन् । उनका नृत्य शैली र स्वरको मिठासले गीतलाई जीवन्तता प्रदान गरेको छ । गीतमा तीजको उत्सव र उमङ्गलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ ।
गीतको संगीत र शब्द डेकेन्द्र श्रेष्ठले र गिटारवादक श्याम महर्जनले गरेका छन् भने भिडियोको निर्देशन हरि हुमागाईंले गरेका छन् ।
उक्त गीतलाई हरि हुँमागाइले खिचेका हुन् भने कोरियोग्राफर सुरेन्द्र बसेलले गरेका छन् । निर्देशन, अभिनय र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंसा बटुलिरहेको छ ।
हेर्नुहोस् भिडियो












