Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुनसक्छ

डा.मिलनप्रकाश श्रेष्ठ( मुटुरोग विशेषज्ञ)

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुनसक्छ

कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्यासमेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया) समस्या, मुटुले पर्याप्त रुपमा काम गर्न नसक्ने अवस्था (हार्ट फ्लेयर) समेत हुने गरेको देखिन्छ ।

मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात समेत हुन्छ । पहिले भन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका विरामीको दर बढेको छ । खानपानमा पर्याप्त ध्यान नदिँदा तथा योग, ध्यान र कसरत नगर्दा यस रोगका विरामीहरु दिनानुदिन बढ्दै गएका छन् । यसैगरी बढी तनाव लिँदासमेत मुटुरोग हुने गरेको छ ।

Subisu

ब्लडप्रेसर र सुगरको कारणले मुटुरोग बढ्ने गरेको पाईन्छ । सुगर र ब्लड प्रेसरका विरामी बढी हुँदा मुटुरोगका विरामी समेत बढ्ने गरेका छन् । खासगरी मानसिक तनावको समस्या, धुमपान, मद्यपानका कारणले मुटुरोग हुने गर्दछ । ब्लडप्रेसर, सुगर र कोलेस्टोरको समस्या भएपनि विरामीले हेलचक्र्याईँ गरेको पाईन्छ । यसरी हेलचक्र्याँई गर्दा मानिसहरुलाई हृदयघातको समस्या देखिन्छ ।

४० वर्ष उमेर कटेका विरामी मुटुको समस्याका कारण बढी मात्रामा अस्पतालमा आउने गरेको पाईन्छ । उक्त उमेर समूहका मानिसमा पहिलेको तुलनामा बढी मात्रामा मुटुको रोग देखिएको पाईन्छ । नियमित रुपमा चेकजाँच नगर्दा समस्या देखिने गरेको पाईन्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगका कारण मुटुरोग सम्बन्धी जनचेतना बढेको पाईन्छ । मानिसहरु मुटु दुख्नासाथ अस्पताल आएर डाक्टरको परामर्श लिने गर्नुहुन्छ ।

ब्लड प्रेसरको समस्या अहिले २० देखि ३० दशकका व्यक्तिलाई पनि देखिन थालेको पाईन्छ । उक्त उमेर समूहका मानिसलाई ब्लड प्रेसरको समस्या देखिने र औषधी सुरु गर्नुपर्ने अवस्था आएको छ । उक्त उमेर समूहका कतिपय ब्लड प्रेसरका विरामीहरु औषधी खान मान्नुहुन्न । ब्लड प्रेसर भएका विरामीले समयमै औषधी खाए दुर्घटना हुनबाट बच्न सकिन्छ ।

पछिल्लो समय अनावश्यक रुपमा तनाव लिने, धुमपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्याधिक खाने, पर्याप्त रुपमा चिल्लो पदार्थ खान गर्नाले मुटुरोगको समस्या अत्याधिक मात्रामा देखिने गरेको पाईन्छ ।

मुटुरोग भएका मानिसहरुले नियमित रुपमा प्रेसर, सुगर र कोलेस्टोल जाँच गर्नुपर्ने हुन्छ । कुनै समस्या देखिहाल्यो भने डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । यस्तै, विरामी हुन नदिनका लागि खानपानमा विशेष ध्याद दिनुपर्ने हुन्छ । सकेसम्म शाहकारी भोजनलाई प्रोत्साहन दिनुपर्छ । शाहकारी भोजन स्वास्थ्यका लागि राम्रो कुरा हो । कुनैपनि व्यक्तिले रोग लाग्न नदिनका लागि दैनिक आधा घण्टा (३० मीनेट)देखि एक घण्टासम्म नियमित रुपमा व्यायम गर्नुपर्छ । यस्तै रातको समयमा ६ देखि ८ घण्टासम्म नियमित सुत्नुपर्ने हुन्छ । विरामी हुन नदिनका लागि तनावलाई व्यवस्थापन गर्नु उत्तम उपाय हो ।

(डा.श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host