काठमाडौं । सर्लाहीको निलम्बित मेयर भरत थापालाई भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त सजाय सुनाएकाे हाे ।
गएको साउन २१ गते, अदालतले थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो। अदालतले तीनैजनालाई अपराध पीडित संरक्षण ऐन, २०७५ (दफा ४१, उपदफा ३) अनुसार जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने पनि आदेश दिएको छ।












