काठमाडौं । बुधबार शेयर बजार हल्का गिरावटमा रहेर बन्द भएको छ। नेप्से परिसूचक १०.५० अंक घटेर २७८५ अंक मा कायम भएको छ। कारोबारको क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो, तर त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधबार ६ अर्ब १६ करोडको शेयर कारोबार भयो। आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एउटाको मूल्य स्थिर रहेको छ।
समूहगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै घटेको छ, १.५० प्रतिशत, भने बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ र निर्जीवन बीमा ०.२७ प्रतिशत घटेका छन्। विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशत बढेका छन्।
व्यक्तिगत कम्पनीमा मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ५.७४ प्रतिशतले बढेको छ। नेपाल रिपब्लिक मिडिया ३.६६, सप्तकोशी विकास बैंक ३.३३ र समाज लघुवित्त ३.३१ प्रतिशतले बढेका छन्।
त्यस्तै, सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२२ प्रतिशतले घटेको छ। बलेफी हाइड्रोपावर ३.४५ र उपकार लघुवित्त २.८२ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।












